हिमालय अर्गनाइजेशन अन्तर्गतको हिमालय मोटरक्र्सले विद्युतबाट सञ्चालन हुने सार्वजनिक बस भित्र्याउने भएको छ।
यी सवारी कम्तिमा १५ सिट देखिका माक्रोबस र ४२ सिटसम्मका बसहरु हुने कम्पनीले जनाएको छ। साथै कार तथा जिपहरु समेत उत्पादन गर्ने ब्रिक्सन कम्पनीले जनाएको छ। बजारमा ल्याउन लागेको विद्युतीय सवारी अष्ट्रेलियन टेक्नोलोजीद्वारा निर्मित यो सवारीलाई फुल चार्ज गर्न ४ देखि ८ घण्टासम्म लाग्दछ। साथै एक पटक फुल चार्ज गरिसकेपछि एक हजार किलोमिटरसम्म गुडाउन सकिन्छ।
कम्पनीले मुख्य गरी सार्वजनिक/निजी/पर्यटकीय/स्कूल तथा लामो दुरीमा समेत प्रयोग गर्न मिल्ने र वातावरणमैत्री समेत रहेकोले ग्राहकहरुका लागि उपयुक्त हुने विश्वास गरिएको हिमालय मोटरक्सका प्रबन्ध निर्देशक ध्रुव थापाले जानकारी गराए।
कम्पनीले ब्याट्रीलाई पुनः रिसाइकल गरी प्रयोग गर्न सकिने साथै ब्याट्रीको ग्यारेन्टी २० वर्ष रहेको थापाले जानकारी दिए।
Shares
प्रतिक्रिया