समाज


सभामुखले भने : हिमाली र पहाडी बस्ती रित्तिँदै जानु चिन्ताजनक

सभामुखले भने : हिमाली र पहाडी बस्ती रित्तिँदै जानु चिन्ताजनक

नेपालखबर
असार ११, २०८० सोमबार १७:२८, काठमाडौँ

सभामुख देवराज घिमिरेले पछिल्लो जनगणनाको तथ्यांकले हिमाल र पहाड रित्तिँदै गएको देखाएकोमा चिन्ता जनाएका छन्। 

सभामुख घिमिरेले यसको असर सामाजिक र राजनीतिक क्षेत्र दुवैतर्फ पर्नेमा पनि चिन्ता व्यक्त गरेका छन्। 

राष्ट्रिय तथ्यांक कार्यालयले बुझाएको ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा संसद भवन नयाँ बानेश्वरमा सोमबार ग्रहण गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्। 

उनले पछिल्लो जनगणना प्रतिवेदन तलैसम्म पुगेर आएको विश्वास व्यक्त गरे। ‘२०६८ भन्दा धेरै वस्तुवादी तथ्यांक आएको भन्ने सुनेको छु,’ उनले भने, ‘राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन हामीजस्ता नीति निर्माताका लागि सहयोगी हुने छ।’

राष्ट्रिय जनगणना सफल बनाएकोमा सभामुख घिमिरेले राष्ट्रिय तथ्यांक कार्यालयलाई धन्यवाद दिए।

२०७९ साल चैत १० गते सार्वजनिक भएको नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ।

पछिल्लो जनगणनाको तथ्यांकले हिमाल र पहाड रित्तिँदै गएको देखाएकोमा चिन्ता व्यक्त गर्दै सभामुख घिमिरेले यसको असर सामाजिक र राजनीतिक दुवैतर्फ पर्ने बताए।

सभामुखलाई राष्ट्रिय तथ्यांक कार्यालयका सचिव रामप्रसाद थपलिया नेतृत्वको टोलीले ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा बुझाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .