ad ad

समाज


मैतीदेवीमा सञ्चालित डा. दिलजन मन्सुरको क्लिनिक महानगरले गरायो बन्द

मैतीदेवीमा सञ्चालित डा. दिलजन मन्सुरको क्लिनिक महानगरले गरायो बन्द

नेपालखबर
असार १०, २०८० आइतबार २१:२४, काठमाडौँ

काठमाडौं महानगरपालिकाले मैतीदेवीमा सञ्चालित एक क्लिनिक बन्द गराएको छ।

मैतीदेवीमा सञ्चालित डा. दिलजान मन्सुर–कुर्तले संचालन गरेको एफडीएच क्लिनिक मापदण्ड विपरीत भइरहेको पाइएको भन्दै महानगरले बन्द गराएको हो। 

आइतबार दिउँसो ४ बजेदेखि क्लिनिक बन्द गराइएको महानगरले जनाएको छ।

एफडीएच (फुड, डाइबिटिज, हार्ट) नाममा सञ्चालन गरिएको यस क्लिनिकले खासगरी मोटोपन, मधुमेह, उच्च रक्तचाप र थाइराइड रोग निको पार्ने दाबी गर्दै आइरहेको थियो।

क्लिनिकले भने क्लिनिक बन्द हुँदा पर्न गएको असुविधा प्रति क्षमा मागेको छ।

‘यस क्लिनिक दर्ताको लागि २०७८ कार्तिक २५ गते काठमाडौं  महानगरपालिका स्वास्थ्य बिभागमा निबेदन दर्ता गरिएको ९दर्ता नम्बर ११७० र पटक पटक निरिक्षणको लागि अनुरोध गर्दा पनि निरिक्षण नगरी आज असार  १० गते काठमाडौं महानगरपालिका  स्वास्थ्य बिभागबाट अकस्मात् क्लिनिकमा आएर ताल्चा लगाइ क्लिनिक बन्द गराएको ब्यहोरा जानकारी गराइन्छ। यसबाट बिरामीहरुमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौं।,’ क्लिनिकले एक सूचनामार्फत भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .