अस्ट्रेलियामा पाँच दिनमा ५ हजार ऊँटलाई गोली हानेर मारिएको छ।
धेरै पानी खाएको भन्दै ५ हजार ऊँटलाई त्यहाँका अधिकारीहरुले गोली हानेर मारेको समाचार संस्था एएफपीले जनाएको छ।
खडेरीका कारण दक्षिणी अस्ट्रेलियाका रैथानेहरुलाई असर पुगेको छ।
त्यसमाथि ऊँटले धेरै मात्रामा पानीको उपयोग गरेपछि उनीहरुले ऊँट मार्न आग्रह गरेका थिए।
हेलिकप्टरबाट व्यावसायिक सुटरहरुको सहायतामा ऊँटलाई मारिएको जनाइएको छ।

यसअघि पनि अस्ट्रेलियामा ऊँट मार्ने चलन छ। जनसंख्यालाई नियन्त्रण गर्न अस्ट्रेलियामा ऊँट मार्ने गरिन्छ।
अझै पाँच हजार ऊँटहरु मारिने एबीसी न्युजले जनाएको छ।
अस्ट्रेलियामा ऊँटको संख्या १० लाख २० हजार हाराहारीमा छ। १९ औं शताब्दिमा ऊँट अस्ट्रेलियामा अफगानिस्तान र भारतबाट भित्र्याइएको थियो।

प्रतिक्रिया