राजनीति


कर्णाली प्रदेशमा माघी, बागमतीमा ल्होसार विदा

कर्णाली प्रदेशमा माघी, बागमतीमा ल्होसार विदा

नेपालखबर
पुस २९, २०७६ मंगलबार १२:३०,

कर्णाली प्रदेश सरकारले थारु जातिको मुख्य पर्व माघीमा सार्वजनिक विदा दिने भएको छ।

प्रदेश सरकारको गत कात्तिक १९ गते बसेको मन्त्रिपरिषद् बैठकले माघी पर्वमा विदा दिने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा माघ १ गते सार्वजनिक विदा हुनेगरी सूचना प्रकाशन गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए।

‘माघ १ गते बुधबार कर्णाली प्रदेशभरका सबै सरकारी र सार्वजनिक कार्यालय बिदा हुनेछन्,’ प्रवक्ता खड्काले भने, ‘सार्वजनिक संस्थान तथा शैक्षिक संस्था सबैले सार्वजनिक बिदा पाउने छन्।’ प्रदेशवासी सबैको सहजताका लागि आज सार्वजनिक बिदाको सूचना प्रवाह गरिएको उनले बताए।

मन्त्रिपरिषद् सो बैठकले भदौ ४ गते प्रदेश स्थापना तथा शहीद दिवस, माघ १ गते माघे सङ्क्रान्ति, साउन १ गतेका दिन साउने सङ्क्रान्ति र देउडा पर्व तथा भोट ल्होसार र बकर इदको अवसरमा बिदा दिने निर्णय गरेको थियो।

सोनाम ल्होसार पर्व मनाउन वाग्मती प्रदेशमा सार्वजनिक बिदा

यता, आगामी माघ १० गते शुक्रबार वाग्मती प्रदेशका १३ वटै जिल्लामा सोनाम ल्होसार पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मन्त्रिपरिषद्को बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad