नेपाल पत्रकार महासंघ ललितपुर शाखाले प्रकाशन गरेको ‘ललितपुर पत्रकारिता’ विमोचन भएको छ।
शनिबार ललितपुरको डिलाइट पार्टी प्यालेस, महालक्ष्मीस्थानमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातिले पुस्तक विमोचन गरेका हुन्।
विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि किरातीले घुस खाएर देश र जनतालाई धोका नदिने बताए। उनले एयरपोर्टको ग्राउण्ड ह्याण्ड्लिङ भाडामा दिएर नाफा हुने दाबी गरे।
‘१/२ खर्ब लिएर तीनवटा एयरपोर्ट चलाउन दिएर के हुन्छ?,’ उनले भने, ‘यदि सुरक्षा जिम्मा हामिले लियौ भने, हामी सामन्ती राष्ट्रवादमा छौं। देशलाइ कंगाल बनाउने राष्ट्रवाद, नेपालीलाई बिदेश पठाएर लास ल्याउने राष्ट्रवादको अन्त्य हुनुपर्छ।’
कार्यक्रममा बोल्दै पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले ललितपुर पत्रकारिता नियमित प्रकाशन हुने बताए ।
उनले पत्रकारिताका बदलिँदो आयाम अनुसार पत्रकार परिस्कृत हुनुपर्ने पनि बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य शन्तराम बिडारी, ज्ञानप्रसाद पौडेल, उपत्यका प्रदेश कोषाध्यक्ष अर्जुन पन्त, काठमाडौं शाखाका अध्यक्ष सुर्य सुबेदी, भक्तपुर शाखाका अध्यक्ष जगत प्रजापति लगायतले महासंघ ललितपुरले पुस्तक निकालेकोमा शुभकामना दिएका थिए।
Shares

प्रतिक्रिया