ad ad

समाज


पियु सेवा आयोगका अध्यक्ष दाहाललाई मोसो दल्ने नेविसंघ अध्यक्ष पक्राउ

पियु सेवा आयोगका अध्यक्ष दाहाललाई मोसो दल्ने नेविसंघ अध्यक्ष पक्राउ

फाइल तस्बिर


नेपालखबर
जेठ ३१, २०८० बुधबार १४:४१, काठमाडौँ

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई मोसो दलेको घटनामा संलग्न भएको आरोपमा प्रहरीले सत्तारुढ नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) मोरङ सभापति सरोज पोखरेललाई बुधबार पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले पोखरेललाई मोरङको बूढीगंगा पक्राउ गरेर हिरासत लिएको हो। 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी प्रभुप्रसाद ढकालले पोखरेललाई मोसो दलेको घटनामा मुख्य योजनाकारका रुपमा पक्राउ गरिएको बताए

ढकालका अनुसार मोसो दल्ने समूहको नेतृत्व गरेका पोखरेललाई नियन्त्रणमा लिएपछि अन्यलाई पनि पक्राउ गर्न खोजी भइरहेको छ। 

विश्वविद्यालय सेवा आयोगको कार्यालयले इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दिएको थियो। पोखरेलसहित ३ जनाविरुद्ध किटानी जाहेरी छ। 

उक्त घटनामा १० देखि १५ जना संलग्न रहेको पाइएको छ। पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष दाहाललाई यही सोमबार बिहान साढे ९ बजे इटहरी उपमहानगरपालिका–२ स्थित निवासबाट बाहिर बोलाएर मोसो छ्यापिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .