ad ad

समाज


खाँणका पक्षमा आज बहस गर्दै छन् रमणकुमार श्रेष्ठसहित ३ पूर्वमहान्यायाधिवक्ता र बार अध्यक्ष

खाँणका पक्षमा आज बहस गर्दै छन् रमणकुमार श्रेष्ठसहित ३ पूर्वमहान्यायाधिवक्ता र बार अध्यक्ष

फाइल तस्बिर


नेपालखबर
जेठ ३१, २०८० बुधबार ९:१२, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणका पक्षमा आज (बुधबार) पनि तीनजना पूर्वन्यायाधिवक्तासहित चार वकिलले बहस गर्दै छन्। 

काठमाडौं जिल्ला अदालतमा जारी थुनछेक बहसअन्तर्गत नेपाली कांग्रेसका नेता खाँणको प्रतिरक्षामा मंगलबार ९ जनाले बहस गरेका थिए।

उनको बचाउमा मंगलबार पूर्वमहान्यायाधिवक्ता महादेव यादव, नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष शेरबहादुर केसी, वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, बारका पूर्वअध्यक्ष हरिहर दाहाल, वरिष्ठ अधिवक्ताहरू नीरसिंहकुमार खत्री, मणिराम उपाध्याय, रश्मि थापा, एकराज र अजयशंकर झाले बहस गरेका थिए। 

अब आज खाँणका तर्फबाट पूर्वमहान्यायाधिवक्ताहरू रमणकुमार श्रेष्ठ, खम्मबहादुर खाती र सुरेन्द्र महतो तथा नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बहस गर्ने तयारी छ। 

नक्कली शरणार्थी प्रकरणको मुद्दा जम्मा ३० जनाविरुद्ध परेको छ। तीमध्ये खाँणसहित पक्राउ परेका १८ अभियुक्तका पक्षमा गत बुधबारदेखि प्रतिरक्षा बहस भइरहेको हो। 

बुधबार (आज) नै बाँकी ५ अभियुक्तका तर्फबाट बहस सक्ने र बिहीबार जवाफी बहस गरेर त्यसै दिन थुनछेक आदेश दिने तयारी न्यायाधीशले गरेका छन्। तर बहस लम्बिए आदेश पछि धकेलिन सक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .