ad ad

समाज


राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयाघात

राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयाघात

नेपालखबर
जेठ ३०, २०८० मंगलबार १९:५३, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयाघात पुष्टि भएको छ। मंगलबार बिहान गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएका पौडेलको मुटुको नसा एन्जिओप्लास्टी गरेर खुलाइएको छ। 

उपचारमा संलग्न चिकित्सकका अनुसार उनको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार ब्लक हुँदा हृदयाघात भएको भेटिएको हो।

उक्त नसा लगभग ७० प्रतिशतभन्दा बढी बन्द भएको पाइएपछि तत्कालै एनजिओप्लास्टी गरेर रक्तनली खोलिएको ती चिकित्सकले बताए।

‘उहाँको मुटुको दाहिनेतर्फ एउटा नसामा ७० प्रतिशतभन्दा बढी बोसो भरिएर बोसो रक्तसञ्चार बन्द भएको थियो,’ ती चिकित्सकले नेपालखबरसँग भने, ‘त्यसपछि उक्त बन्द भएको नसा खुलाउन एनजिओप्लास्टी गरिएको हो।’

स्रोतका अनुसार पौडेललाई शनिबारदेखि नै असहज महसुस भएको थियो। त्यसपछि उनलाई शनिबार दिउँसो पनि गंगालाल अस्पतालकै इमर्जेन्सीमा लगिएको थियो। 

त्यतिबेलै चिकित्सकहरूले मुटुको सम्पूर्ण जाँच गर्न पौडेललाई सुझाव दिएका थिए।

तर, साे दिन सामान्य महसुस गरेर फर्किएका राष्ट्रपति पौडेललाई मंगलबार बिहान ४ बजेबाट श्वासप्रश्वासमा समस्या आउन थालेपछि आज अस्पताल लगिएको थियो।

पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर उपचार गराइएको छ। उनको २४ घन्टा अस्पताल राखेर बुधबार डिस्चार्ज गर्ने तयारी भएको अस्पतालले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .