कारोबार


एनआईसी एशिया बैंकद्वारा ‘क्यूआर मर्चेन्ट एक्टिभेसन’ योजना सार्वजनिक

एनआईसी एशिया बैंकद्वारा ‘क्यूआर मर्चेन्ट एक्टिभेसन’ योजना सार्वजनिक

नेपालखबर
जेठ २९, २०८० सोमबार १७:५०, काठमाडौँ

डिजिटल बैंकिङ्गमा देशको अग्रणी बैंकको रुपमा स्थापित एन आई सी एशिया बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न आफ्नो क्यूआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरूलाई विभिन्न आकर्षक सुविधा सहितको ‘क्यूआर मर्चेन्ट एक्टिभेसन’ योजना सार्वजनिक गरेको छ।

डिजिटल च्यानलबाट हुने भुक्तानीलाई बढी भन्दा बढी सेवाग्राहीहरू समक्ष पुर्याउने हेतुले बैंकले ल्याएको यो योजना २०८० आषाढ मसान्तसम्म सञ्चालन हुनेछ भने उक्त समयभित्र पहिलोपटक भुक्तानी लिने मर्चेन्टहरू मात्र यस योजनामा समावेश हुनेछन्।

देशभर २ लाखभन्दा बढी मर्चेन्टहरूमाझ उपस्थिती जनाइसकेको यस बैंकले क्यूआर भुक्तानीलाई प्रोत्साहन गर्ने हेतुले विभिन्न कम्पनीहरूसँगको समझदारीमा पहिलो पटक कारोबार गर्ने मर्चेन्टहरूलाई सम्बन्धित साझेदार कम्पनीहरू मार्फत आकर्षक लाभको व्यवस्था गरेको जनाएको छ।

यस योजना अनुसार यति एयरलाइन्सको तर्फबाट एक जोडीलाई माउन्टेन फ्लाइट टिकट, काठमाडौं सुपरमार्केटको तर्फबाट रु. २ हजार बराबरका १० वटा ह्याम्पर, ट्रिकोट इन्डस्ट्रिजको तर्फबाट ५–५ हजार बराबरको १०० वटा भौचर, हार्ड रक क्याफेको तर्फबाट १० वटा नन भेज बीबीक्यूको भौचर, बिग डिजिटलको तर्फबाट एक–एक थान राइस कुकुर, ब्रेकफास्ट मेकर तथा ह्यान्ड ब्लेन्डर र सिजी डिजिटलको तर्फबाट एक–एक थान मिक्स ग्रिन्डर, इन्डक्सन कुकर तथा ड्राइ आइरनको व्यवस्था गरिएको छ।

साथै, बैंकले ट्रान्क्वालिटी स्पाको तर्फबाट ५० वटा भौचर, अगेनो सेकुवाको तर्फबाट एक–एक हजारका ४ वटा भौचर, हुकुट स्टोरको तर्फबाट ६ वटा घडी एवं २ वटा इयरबड, कुटुम्ब होटलको तर्फबाट दुई–दुई हजारका ५ वटा भौचर, अपटाउन रेष्टुरेन्टको तर्फबाट १५–१५ सय बराबरको ५ वटा भौचर र स्क्वायर होटलको तर्फबाट दुई–दुई हजारका ३ वटा भौचर प्रदान गर्नेछ।

यसरी उपलब्ध फाइदाहरु बैंकले २०० मर्चेन्टहरूलाई निजहरुको कारोबार रकम र कारोबार संख्याका आधारमा छनौट गर्नेछ भने समझदारी प्रदान गरेका कम्पनीहरूले हस्तान्तरण गर्नेछन्।

यसै योजना अनुसार यस बैंकले राखेको फोनपे क्यूआर कोडमार्फत असार मसान्तसम्ममा पहिलो क्यूआर भुक्तानी लिने सम्पूर्ण मर्चेन्टहरूले एक पटक वा पटक पटक गरी रु. २०० भन्दा माथिको भुक्तानी लिँदा कुल रु. १०० क्यासब्याक प्राप्त गर्नेछन्।

यस बैंकको क्यूआर मर्चेन्ट बन्न चाहने इच्छुक व्यवसायी तथा कम्पनीहरूले बैंकको वेबसाइट भित्र ‘अप्लाइ नाउ’ आइकनमा ट्याप गरी उपलब्ध विकल्पहरूमध्ये ‘बि अ मर्चेन्ट’ बाट अनलाइन आवेदन दिन सक्नेछन्।

मुलुकमा भुक्तानीको माध्यम विस्तारै नगदबाट डिजिटलतर्फ अगाडि बढिरहेको अवस्थाबीच बैंकको यस मर्चेन्ट प्रोत्साहन योजनाले परम्परागत भुक्तानीको माध्यमलाई विस्थापित गरी डिजिटल कारोबारलाई बढाउन मद्दत मिल्ने बैंकले विश्वास लिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad