समाज


पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्ड नदिइने

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफलाई मृत्युदण्ड नदिइने

नेपालखबर
पुस २८, २०७६ सोमबार १२:५२,

केही समय अगाडि पाकिस्तानको विशेष अदालतले देशद्रोहको आरोपमा मुसर्रफलाई मृत्युदण्डको फैसला सुनाएको थियो।

मुसर्रफले विशेष अदालतको फैसला न्यायोचित नभएको बताएका थिए।

सोमबार लाहोरको उच्च अदालतको पूर्ण इजालसले विशेष अदालतको फैसलालाई गैरकानुनी भएको ठहर गरिदिएको हो।

यस फैसलासँगै अब मुसर्रफलाई मृत्युदण्ड नहुने भएको छ।

मुसर्रफलाई मृत्युदण्डको फैसला सुनाउने बेला विशेष अदालतले कानुनी प्रक्रिया पुरा नगरेको, कसैसँग परामर्श नगरेको तथा अनुमति नलिएको उच्च अदालतले बताएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad