समाज


फिलिपिन्समा ज्वालामुखी विस्फोट हुने भएपछि लाखौं मानिस सुरक्षित स्थानमा सारिँदै

फिलिपिन्समा ज्वालामुखी विस्फोट हुने भएपछि लाखौं मानिस सुरक्षित स्थानमा सारिँदै

नेपालखबर
पुस २८, २०७६ सोमबार ११:३४,

राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको टाल ज्वालामुखीबाट सोमबार बिहान लाभा निस्किन थालेको बीबीसीले जनाएको छ।

ज्वालामुखीबाट पहिले खरानीको एउटा विशाल थुप्रो निस्किएपछि उक्त क्षेत्रबाट झन्डै आठ हजार मानिसलाई अन्यत्र सारिएको थियो।

टाल फिलिपिन्सको दोस्रो सक्रिय ज्वालामुखी हो। एउटा विशाल तालको बीचमा अवस्थित द्वीपमा भएको उक्त ज्वालामुखी पर्वतलाई विश्वकै साना ज्वालामुखीमध्ये मानिन्छ।

विगत ४५० वर्षमा त्यो ज्वालामुखी कम्तीमा ३४ चोटि विस्फोटन भएको अभिलेख छ।

अधिकारीहरूले ज्वालामुखीका कारण सुनामी आउन सक्ने चेतावनी पनि दिएका छन्।

A resident cleans mud and ash from his car

आइतवार उक्त ज्वालामुखीबाट खरानीको मुस्लो निस्किएको थियो। त्यो बेला गडगड आवाज निस्किएको थियो तथा जमिन पनि हल्लिएको थियो।

टाल क्षेत्रमा कम्तीमा ७५ वटा भूकम्प गएका छन्। संयुक्त राष्ट्रसङ्घका अनुसार टाल ज्वालामुखीको १४ किलोमिटर वरपरको क्षेत्रमा साढे चार लाख मानिस बसोबास गर्छन्।

ज्वालामुखी विस्फोटको संघारमा पुगेपछि सरकारले जोखिममा रहेका ४ लाख ५० हजार मानिसलाई स्थान्तरण गर्ने भएको छ।

खरानी परपरसम्म पुगेर खसेपछि मानिसहरूलाई मास्क लगाउन सुझाव दिइएको छ। मनिलामा मास्कको अभाव हुन थालेको एक स्थानीयवासीले बताए।

Residents prepare their boats to evacuate while the Taal Volcano erupts in Talisay, Philippines, on Monday, January 13. Tens of thousands were evacuated and tremors were felt in nearby villages amid an eruption of the country's second-most-active volcano near Manila.

Residents walk along a road covered in volcanic ash from Taal Volcano's eruption on January 13, 2020 in Lemery, Batangas province, Philippines

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad