समाज


प्रहरी बनेर नगद असुली गरिरहेका दुई जना पक्राउ

प्रहरी बनेर नगद असुली गरिरहेका दुई जना पक्राउ

नेपालखबर
पुस २८, २०७६ सोमबार ११:३१,

झापाकाे बाह्रदर्शी गाउँपालिका-३ राजगढ बजारमा स्थानीय व्यापारीसँग प्रहरी हौं भनी नगद असुली गरिरहेको अवस्थामा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा गौरीगंञ्ज गाउँपालिका-१ बस्ने २८ वर्षीय पर्शुराम महत्तो र सोही गाउँपालिका-३ बस्ने २० वर्षीय जिवन दास रहेका छन्।

उनीहरुले प्रदेश प्रहरी कार्यालय बिराटनगरको सीआइबी प्रहरी हौं भन्दै ७ हजार रुपैयाँ नगद असुली गरिरहेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad