माघे संक्रान्तिमा चाकुको व्यापार ह्वात्तै बढ्छ। टोखाका न्हुच्छेनारायण श्रेष्ठको उद्योगबाट मात्रै पुस र माघमा ५० किलोको ८ सय बोरा चाकु बिक्री हुन्छ।
सोमबार दिउँसो उनको उद्योग पुग्दा चाकु बनाउन भ्याइनभ्याइ थियो। किन्न आउनेहरु उस्तै थिए। त्यहीबीच नेपालखबरसँग कुरा गर्दै श्रेष्ठले भने, ‘माग यति आएको छ कि बनाउनै भ्याइएको छैन। बनाएको सबै बिक्री हुन्छ।’
श्रेष्ठ चाकु व्यापारमा लागेको ३० वर्ष भइसक्यो। यसपटक व्यापार बढेको भन्दै उनी गमक्क थिए। पाटन, भक्तपुर, पोखरा, असन लगायत विभिन्न ठाउँबाट उनका उद्योगमै मान्छेहरु चाकु लिन आउने गरेको उनले सुनाए।
परिवारका सात जनासहित अहिले उनको उद्योगमा २० जनाले काम गर्छन्। महिनामा ५० किलोको ४ सय बोराका दरका चाकु उत्पादन हुन्छ। ‘यो कामबाट म सन्तुष्ट छु। एक बोरामा ज्याला कटाएर २ सयदेखि ३ सयसम्म बच्छ’, श्रेष्ठले भने।
भिडियो:

प्रतिक्रिया