भारतका दुई मुख्य गुप्तचर निकाय ‘रअ’ तथा ‘आइबी’मा नयाँ प्रमुख नियुक्त भएका छन्।
टाइम्स अफ इन्डियाका अनुसार बुधबार भारत सरकारले ‘रअ’ तथा ‘आइबी’मा नयाँ प्रमुखहरु नियुक्त गरेका हुन्।
रिसर्च एन्ड एनलाईसिस विंग ‘रअ’मा सामन्त कुमार गोयल प्रमुख नियुक्त भएका हुन्। त्यस्तै इन्टलिजेन्स ब्युरो ‘आइबी’मा अविन्द कुमार नियुक्त भएका छन्।
गोयल र कुमारसँग बलियो गुप्तचरीय अनुभव छ। सन् २००१ देखि गोइल रअमा आवद्ध छन्। कुमार सन् १९९१ देखि आइबीमा आवद्ध छन्।
गोयल र कुमार एकै ब्याचका आइपिएस अफिसर हुन्। यद्यपी गोयल पन्जाब क्याडरमा आवद्ध थिए कुमार भने आसाम मेघालय क्याडरमा आवद्ध थिए।
रअका प्रमुख नियुक्त भएका गोइलले पाकिस्तानविरुद्ध जवाफी कारवाही गर्नमा गत फेब्रुअरी महिनामा महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ।
आइबी प्रमुख कुमारले यस अगाडि कास्मिर तथा माओवादी शसस्त्र गतिविधिका मुद्दा हेरेका छन्।
Shares

प्रतिक्रिया