ad ad

समाज


अस्पतालको १० प्रतिशत शय्या विपन्नका लागि छुट्याउन स्वास्थ्य मन्त्रालयको ताकेता

अस्पतालको १० प्रतिशत शय्या विपन्नका लागि छुट्याउन स्वास्थ्य मन्त्रालयको ताकेता

नेपालखबर
जेठ १७, २०८० बुधबार १८:१७, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा १० प्रतिशत शय्या विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि निशुल्क छुट्याउन ताकेता गरेको छ।

बुधबार सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई पुनः ताकेताको परिपत्र जारी गर्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ दफा ७० (घ) मा अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय, बेवारिसे विरामीको लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार अनिवार्य रुपमा गराउनु पर्नेछ तथा सोही मापदण्डको दफा ७२ (ट) मा बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएको बिरामी बडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्नु पर्नेछ भनी उल्लेख छ।

उक्त कानुनी व्यवस्था बमोजिम मन्त्रालय र मातहतका निकायहरुबाट विभिन्न स्वास्थ्य संस्थाहरुमा नियमित तथा आकस्मिक अनुगमनको क्रममा मापदण्ड अनुसार भएको नदेखिएको तथा अस्पतालमा पार्किङको शुल्क उठाउने गरेको, कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको भन्ने गुनासोहरु समेत प्राप्त भएको मन्त्रालयले जनाएको छ।

‘स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड, २०७७ तथा अन्य प्रचलित कानूनमा भएका सम्पूर्ण व्यवस्थाहरु सम्बन्धित स्वास्थ्य संस्थाहरुले पूर्णरुपमा पालना गर्नु गराउनु हुन’ परिपत्रमा निर्देशन दिइएको छ।

स्मरणीय छ, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आजै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतसँग भेट गरी अस्पतालले निशुल्क शय्या नदिएको भन्दै त्यस्ता अस्पताल बन्द गर्ने चेतावनी दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .