बाँकेमा मंगलबार भएको सवारी दुर्घटनामा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारीको मृत्यु भएको छ।
पारिवारिक स्रोतका अनुसार खड्काकी बुहारी सञ्जु र कार चालक गोरखाको आँपपिपलका ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्यु भएको छ।
दुर्घटनापछि उनीहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगाएको थियोे। उनीहरूको उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।
डम्बर कर्णाली प्रदेश अस्पतालका निर्देशक हुन्। निर्देशक डा. खड्का विश्व स्वास्थ्य संगठनको महासभामा भाग लिन गत जेठ ६ गते जेनेभा गएका छन्।
मृतक सञ्जु र डम्बरका दुई छोरा छन्। एक छोरा एमबीबीएस पढ्दै गरेको स्रोतले जनाएको छ।
प्रहरीका अनुसार सञ्जु सवार कारलाई ठक्कर दिने बस सगरमाथा यातायात प्रालिको हो। उक्त बसमा २६ जना यात्रु थिए।
उनीहरूमध्ये ६ जना घाइते भएको कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। घाइते सबैको अवस्था खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ।
दुर्घटनापछि कार पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने बसको अगाडिको भागमा क्षति पुगेको छ।


366
Shares

प्रतिक्रिया