ad ad

समाज


सफा हिमाल अभियानमा मृत्यु भएका शेर्पाको शव होलिकोप्टरबाट काठमाडौं ल्याइयो

सफा हिमाल अभियानमा मृत्यु भएका शेर्पाको शव होलिकोप्टरबाट काठमाडौं ल्याइयो

फाइल फोटो


नेपालखबर
जेठ ८, २०८० सोमबार १९:१, काठमाडौँ

सफा हिमाल अभियान २०२३ मा सहभागी हुँदा मृत्यु भएका सरदार आङकाजी शेर्पाको शव काठमाडौं ल्याइएको छ।

ओखलढुंगा स्थायी ठेगाना भएका शेर्पा विगत ३ वर्षदेखि सगरमाथाको क्याम्प–२ मा क्याम्प म्यानेजर तथा कुकको जिम्मेवारी निर्वाह गरिरहेका थिए।

शेर्पाले सफा हिमाल अभियानमा महत्वपूर्ण योगदान पुर्‍याएको नेपाली सेनाले जनाएको छ।

आरोहण तथा सफाइ अभियानमा प्रयोग गरिएका सामानहरु फिर्ता गर्ने तयारी गर्दै गर्दा अचेत भएका शेर्पाको पार्थीव शरीरलाई नेपाली सेनाको हेलिकोप्टरद्वारा लुक्लाबाट काठमाडौं ल्याइएको हो।

शव पोष्टमार्टम पश्चात सम्बन्धित परिवारलाई बुझाइएको छ।

सफा हिमाल अभियान २०२३ का दुईजना सहभागी शेर्पा सहयोगीहरुको सगरमाथा इलाकामा निधन भएको छ।    

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .