ad ad

समाज


टोपबहादुर र बालकृष्णसहितलाई यी पाँच कसुरमा चलाइँदै छ मुद्दा

टोपबहादुर र बालकृष्णसहितलाई यी पाँच कसुरमा चलाइँदै छ मुद्दा

फाइल तस्बिर


नेपालखबर
जेठ ८, २०८० सोमबार १४:३, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा करोडौँ ठगी आरोपमा समातिएका र अन्य फरारविरुद्ध प्रहरीले पाँचवटा कसुरमा मुद्दा चलाउने गरी फाइल अघि बढाएको छ।

प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने क्रममा विभिन्न पाँच कसुरमा मुद्दा चलाउनु पर्ने निष्कर्ष निकालेको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौंले  पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित ३२ जनालाई प्रतिवादी बनाउँदै अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ। 

उक्त अनुसन्धान प्रतिवेदनमा पक्राउ परेका १६ जना र फरार अन्य १६ जनाविरुद्ध ठगी, सम्पत्ति शुद्धिकरण, संगठित अपराध, राष्ट्रिय हितविपरीतको कसुरमा मुद्दा चलाउने निर्णय लिएको हो।

त्यसैगरी रायमाझी, खाँण, टेकनारायण पाण्डे र इन्द्रजित राईसहित सार्वजनिक पद धारण गरेका व्यक्तिहरुलाई भ्रष्टाचार मुद्दा पनि चलाउने गरी प्रहरीले फाइल सरकारी वकिलकहाँ पेस गरेको हो। 

प्रहरीले हाल हिरासतमार रहेका १६ जना र फरार सूचीका १६ जनालाई प्रतिवादी बनाएको छ। अन्य केहीको पनि नाम प्रतिवेदनमा रहे पनि अझै उनीहरुविरुद्ध अनुसन्धान आवश्यक पर्ने प्रहरीले जनाएको छ। 

अब सरकारी वकिलले आगामी शुक्रबारसम्म यो मुद्दा जिल्ला अदालतमा पुर्‍याइसक्नु पर्नेछ। यो प्रकरणमा पहिलो पटक गत चैत १२ गते पहिलो अभियुक्त पक्राउ परेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .