पेट दुख्ने धेरै कारण हुन सक्छन्, जसमध्ये एउटा एपेन्डिसाइटिस पनि हो।
सानो आन्द्रा र ठूलो आन्द्राको बीचमा एउटा सानो अंग हुन्छ, जसलाई एपेन्डिक्स भनिन्छ।
आन्द्राको ब्याक्टेरिया एपेन्डिक्समा सर्छ र संक्रमण निम्त्याउँछ, जसले एपेन्डिसाइटिस गराउँछ। संक्रमण धेरै बढ्दा एपेन्डिक्स फुट्छ।
एपेन्डिक्स दुखाइ सामान्यतया नाभी क्षेत्रमा सुरु हुन्छ। यसको दुखाइ असह्य हुन्छ।
कारण
-आन्द्रामा ग्याँस भरिनु
-एपेन्डिक्स लुमेन (भित्र) मा दिसा अड्किनु
-पेटमा कुनै गहिरो चोट लागेमा वा पाचन नलीमा संक्रमण भएमा
लक्षण
-बिरामीको नाभीवरपरि दुखाईको महसुस हुनु
-पीडा बिस्तारै पेटको दाहिने भागतर्फ सर्दै जान्छ
-दुखाइसँगै ज्वरो आउनु
-खोक्दा, हिँड्दा तथा शरीर चलाउँदा असहज महसुस हुनु
-वाकवाकी लाग्नु तथा बान्ता हुनु
उपचार
-एपेन्डिटाईटिसको उपचारअन्तर्गत शल्यक्रिया र औषधिको प्रयोग गरी दुई तरीकाले उपचार गरिन्छ।
-औषधिको प्रयोगद्वारा गरिने उपचारले बिरामीलाई दुखाइ कम भए पनि भविष्यमा पुनः बल्झिन सक्छ।
-शल्यक्रिया नै एपेन्डिटाइटिसको उचित उपचार हो।
Shares
प्रतिक्रिया