ad ad

समाज


अन्तिम सुनुवाइका लागि सन्दीपविरुद्धको मुद्दामा तोकियो पेसी

अन्तिम सुनुवाइका लागि सन्दीपविरुद्धको मुद्दामा तोकियो पेसी

फाइल तस्बिर


नेपालखबर
जेठ ७, २०८० आइतबार १२:११, काठमाडौँ

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेशी तोकिएको छ।

यसअघि पनि पटक पटक पेशी तोकिएर सुनुवाई हुन नसकेको यो मुद्दा आइतबार न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा तोकिएको छ। 

मुद्दा चौथो नम्बरमा छ। त्यसअघि कर्तव्य ज्यान, चेकबाउन्स र अंशसम्बन्धी मुद्दा पेशीमा छन्। यी मुद्दाको सुनुवाई सकिएपछि आजै सन्दीपविरुद्धको मुद्दामा सुनुवाइ हुने सम्भावना छ। 

लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

तर जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गर्दै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो।

उच्च अदालतले सन्दीपलाई काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान भने प्रतिबन्ध लगाउने आदेश गरेको थियो। 

त्यसविरुद्ध दुवै पक्ष सर्वोच्च पुगेका थिए। सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान लागेको प्रतिबन्ध फुकुवा गर्दै यो मुद्दा तत्काल टुंग्याउन जिल्ला अदालतलाई आदेश दिएको थियो।

सर्वोच्चको आदेशसँगै सन्दीप दुबईमा क्रिकेट खेलेर फर्किएका थिए। 

सन्दीपविरुद्ध गत भदौमा एक किशोरीले जबरजस्ती करणीको आरोप लगाएकी थिइन्। त्यतिबेला विदेशमा रहेका सन्दीप उजुरी परेको एक महिनापछि स्वदेश फर्किएका थिए।

उनलाई विमानस्थलबाटै प्रहरीले पक्राउ गरेर मुद्दाको अनुसन्धान गरेको थियो। उच्च अदालतको आदेशपछि सन्दीप रिहा भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .