समाज


काठमाडौंका नदी किनारमा भएका सुकुम्बासीलाई स्थानान्तरण गरिने

काठमाडौंका नदी किनारमा भएका सुकुम्बासीलाई स्थानान्तरण गरिने

फाइल तस्बिर


नेपालखबर
जेठ ५, २०८० शुक्रबार १७:२६, काठमाडौँ

काठमाडौं उपत्यकामा रहेका नदिकिनारमा बसिरहेका सुकुम्बासीहरुलाई स्थानान्तरण गरी नदिकिनार खाली गरिने भएको छ । 

अगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौका सबै भूमिहिन सुकुम्बासीलाई नदि किनारबाट स्थानतरण गर्ने बताएका हुन्।

छकाठमाडौका करिडोर क्षेत्रमा बसोबास गर्दै आएका भूमिहिनहरुलाई स्थान्तरण गर्दै करिडोर क्षेत्र खाली गरिने छ,’ नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

पछिल्लो समय काठमाडौँ महानगरपालिका मेयर बालेन साहले सुकुम्बासी स्थानतरण गर्ने प्रकृया शुरु गरेसँगै सुकुम्बासी समस्या बढ्दो छ।

यस्तो अवस्था मा सरकारले नै सुकुम्बासी स्थान्तरणलाई नीति तथा कार्यक्रममा समेटेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .