रामेछापको मन्थली नगरपालिका–१ आकाशेस्थित तामाकोशी नदीको पक्की पुलबाट हाम फालेर आत्महत्या प्रयास गरेका एक जनाको जीवितै उद्धार भएको छ।
बिहीबार सशस्त्र प्रहरीको टोलीले सोही नगरपालिका ७ वडारे बस्ने २५ वर्षीय हर्कमान माझि नदीमा हाम फाल्नेबित्तिकै देखेर उद्धार गरेको हो।
पुलबाट नदीमा हाम फालेको देख्नासाथै सशस्त्र प्रहरी बल नेपाल आश्रीत गुल्म रामेछापबाट सशस्त्र प्रहरी नायव निरीक्षक केदार राज खड्का कमाण्डको टोलीले उनलाई जीवितै उद्धार गरेको हो।
उनको उपचारका लागि मन्थली अस्पताल पठाइएको सशस्त्र प्रहरीका डीएसपी तथा सह प्रवक्ता शैलेन्द्र थापाले बताए।

177
Shares

प्रतिक्रिया