ad ad

समाज


कञ्चनपुरमा पत्रकार कुट्ने प्रहरीलाई कारबाही गर्न महासंघको माग

कञ्चनपुरमा पत्रकार कुट्ने प्रहरीलाई कारबाही गर्न महासंघको माग

नेपालखबर
जेठ ४, २०८० बिहिबार १३:३६, काठमाडौँ

नेपाल पत्रकार महासंघले कञ्चनपुरमा समाचार संकलनका क्रममा पत्रकारमाथि कुटपिट भएको भन्दै आपत्ति जनाएको छ।

महासंघ कञ्चनपुर शाखाका सदस्य तथा सीमारेखा डटकमका प्रधानसम्पादक राजेन्द्र नाथ र सगरमाथा टेलिभिजन र स्थानीय आभाषकुन्ज दैनिकमा कार्यरत पत्रकार ऐश्वर्या कुँवरलाई प्रहरीले समाचार संकलनका क्रममा कुटपिट गरी नियन्त्रणमा लिएको थियो।

सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ।

महासंघ कञ्चनपुर शाखाका अनुसार जेठ २ गते मंगलबार साँझ कञ्चनपुरको भीमदत्त नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्गको सुकासाल चोकमा प्रहरी र भारतबाट सामान ल्याउनेहरूबीच झडप भएको थियो।

सोही झडपको स्थलगत समाचार संकलन गर्न पुगेका पत्रकारद्वय नाथ र कुँवरलाई प्रहरीले दुव्र्यवहार गर्दै निर्घात कुटपिट गरी सञ्चार सामग्री नियन्त्रणमा लिई पत्रकार नाथलाई हतकडी लगाई हिरासतमा लिएको थियो।
 

महासंघले बिहीबार विज्ञप्ति निकालेर भनेको छ, ‘स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारमाथि प्रहरीबाट भएको यो ज्यादती प्रेस स्वतन्त्रतामाथिको निर्मम प्रहार हो। शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्ने प्रहरीबाटै पत्रकारलाई आतंकित र त्रसित बनाउने हर्कत हुनु अत्यन्त निन्दनीय र खेदजनक विषय हो।’
 
महासंघले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न तथा संविधानले सुनिश्चित गरेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान गरी पत्रकारलाई निर्वाध र निर्भीक रूपमा सञ्चार कर्ममा जुट्ने वातावरण सिर्जना गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .