जापानको सेन्दाइस्थित सहरमा बस दुर्घटना हुँदा २ नेपाली विद्यार्थीको मृत्यु भएको छ।
जापानी सञ्चार माध्यमले जनाए अनुसार काभ्रेका नवराज तामाङ र युवराज थापाको दुर्घटनामा मृत्यु भएको हो। थापा सेन्मोन गाक्कोउ र तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको पनि सञ्चार माध्यमले जनाएका छन्।
सेन्दाईबाट इवातेका लागि हिँडेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिएको थियो।
बसमा ४० जना थिए।
108
Shares
प्रतिक्रिया