१७६ जनाको ज्यान जानेगरी भएको युक्रेनी विमान दुर्घटना क्षेप्यास्त्र प्रहारका कारण नभएको इरानले जनाएको छ।
बुधबार तेहरानमा उड्नेबित्तिकै बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको थियो।
बिहीबार अमेरिका, क्यानडासहित पश्चिमी मुलुकहरुले विभिन्न एजेन्सीको हवाला दिँदै सो दुर्घटना इरानी क्षेप्यास्त्र लागेर भएको दाबी गरेका थिए।
तर, शुक्रबार इरानको सिभिल एभियसन अर्गनाइजेसनका प्रमुख अली अबेद्जादेहले पत्रकार सम्मेलन गर्दै सो दुर्घटना क्षेप्यास्त्रका कारण नभएकोमा आफू ढुक्क रहेको बताए।
इरानले बोइङलाई पनि आएर दुर्घटनाको विस्तृत छानबिन गर्न आग्रह गरिसकेको छ। एजेन्सी
3
Shares
प्रतिक्रिया