ad ad

खेल


प्रेसिडेन्ट कप ब्याडमिन्टनको फाइनलमा पुगे प्रिन्स

प्रेसिडेन्ट कप ब्याडमिन्टनको फाइनलमा पुगे प्रिन्स

नेपालखबर
पुस २५, २०७६ शुक्रबार ८:१४,

ब्याडमिन्टनका स्टार प्रिन्स दाहाल काठमाडौंमा जारी प्रेसिडेन्ट कप नेपाल इन्टरनेशनल सिरिज २०२० को यू–१९ को फाइनलमा प्रवेश गरेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको सेमिफाइनलमा प्रिन्सले भारतका अभिन वशिष्टलाई २–१ को सेटमा हराउँदै फाइनल पुगेका हुन्।

पहिलो सेट २१–१८ मा आफ्नो पक्षमा पारेका प्रिन्सले दोस्रो सेट २०–२२ ले गुमाएका थिए। अन्तिम सेटमा २१–१७ को जित निकाल्दै उनी घरेलु कोर्टमा फाइनलमा प्गेका हुन्। खेलपछि प्रिन्सले केहि दबाबमा खेलेको बताएका छन्। उनले भने, ‘घरेलु कोर्टमा राम्रो गर्दा उत्साह र खेल बिग्रदा दबाब हुने रहेछ, कन्ट्रोल गर्न नसक्दा अलि बढी चिप्लिएँ।’

जुनियरको विश्व वरियताको १४ औं स्थानमा रहेका प्रिन्सले वरियताको तेस्रो नम्बरमा रहेका भारतीय खेलाडी मिराबा लेवाङसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। जारी प्रतियोगिताको शीर्ष वरियतामा रहेका लेवाङले शुक्रबार नै अर्को सेमिफाइनलमा श्रीलंकाका दुमिन्दु अबेविक्रमालाई २१–१२,२१–८ ले हराएका थिए। प्रिन्स जारी प्रतियोगिताको एकलतर्फको वरीयतामा दोस्रो स्थानमा छन्।

सिरिजअन्तर्गत महिला एकलतर्फ भारतकी मिर तस्मिनले नेपालकी निता लम्बासलाई २१–९ र २१–९ को सोझो सेटमा हराउँदै फाइनलको पुगेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .