ad ad

समाज


तीन दिन गर्मी बढ्ने सम्भावना

तीन दिन गर्मी बढ्ने सम्भावना

फाइल तस्बिर


नेपालखबर
बैशाख २९, २०८० शुक्रबार ७:८, काठमाडौँ

पहाडी भेगका एक दुई स्थानबाहेक आगामी आइतबारसम्म वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसले गर्दा तापक्रम चढ्ने र गर्मी बढ्ने अनुमान गरिएको छ। 

महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार आगामी आइतबारसम्म पानी पार्ने नयाँ प्रणाली आउने सम्भावना देखिएको छैन। मौसम महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ। 

मौसम बदली र वर्षा नहुने तथा मौसम सफा हुनेबित्तिकै गर्मी बढ्छ। आजसमेत ३ दिन खासगरी तराई क्षेत्रमा धेरै गर्मी हुने देखिन्छ। 

मौसमविद् कँडेलका अनुसार अहिले बिहान पहाडी भेगका एक दुई स्थानमा आंशिक बदलीबाहेक लगभग देशभर मौसम सामान्यतया सफा छ। यसको अर्थ धेरै स्थानमा घाम लाग्नु हो। जसले तापक्रम वृद्धि गर्छ। 

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो  कोशी र मधेश प्रदेशका साथै बागमती प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशका साथै बागमती र  गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

आज काठमाडौं उपत्यकामा भने वर्षाको सम्भावना नदेखिएको मौसमविद् शान्ति कँडेलको भनाइ छ। 

यस्तै आज राति कोशी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

कहाँको तापक्रम कति पुग्यो? 
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सबैभन्दा बढी अधिकतम तापक्रम जनकपुर र विराटनगरमा समान ३९.४ डिग्री सेल्सियस देखिएको छ।

यसपछि धरानमा अधिकतम तापक्रम ३८.६ डिग्री छ। यस्तै बिहीबार नेपालगन्ज र सिमरामा पनि अधिकतम तापक्रम ३८.२ डिग्री सेल्सियस पुगेको महाशाखाको विवरणले देखाएको छ। 

बिहीबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम भने २९.७ डिग्री सेल्सियस पुगेको छ। ‘आज पनि उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्रीसम्म पुग्ने देखिन्छ’, मौसमविद् कँडेलले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .