काठमाडौं महानगरपालिकाले वैशाख २५ गतेबाटै इन्टरनेटका तार व्यवस्थापन गर्ने भएको छ।
आइतबार काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको बैठकले तार व्यवस्थापन गर्ने निर्णय गरेको हो।
काठमाडौं महानगरले तार व्यवस्थापन गर्ने १५ दिने सूचना जारी गरेको थियो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तार नकाट्न पत्र लेखेपनि महानगर मेयर बालेन्द्र शाहले अब नरोकिने बताएका थिए।
त्यसलगत्तै आइतबार इन्टरनेट सेवा प्रदायक, दूरसञ्चार प्राधिकरण र महानगर प्रहरीले व्यवस्थित रुपमा तार काट्न थाल्ने बताएको छ।
27
Shares
प्रतिक्रिया