ad ad

समाज


सन्दीपलाई इन्द्रजितसँगै काठमाडौं परिसरको हिरासतमा राखियो

सन्दीपलाई इन्द्रजितसँगै काठमाडौं परिसरको हिरासतमा राखियो

नेपालखबर
बैशाख २१, २०८० बिहिबार १८:२४, काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा तानिएका सन्दीप रायमाझीलाई जिल्ला प्रहरी परिसरको हिरासतमा राखिने भएको छ।

बुधबार पक्राउ परेका उनलाई आजदेखि काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिने भएको हो।

बुधबार बुटवलमा पक्राउ परेका सन्दीपलाई बिहीबार बिहान भैरहवाबाट जहाजमार्फत काठमाडौं ल्याइएको थियो। 

उनी नेकपा एमालेका सचिव टोपबहादर रायमाझीका पुत्र पनि हुन्। टोपबहादुरविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर अहिलेसम्म उनी पक्राउ परेका छैनन्। 

नक्कली शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेका केशव दुलाल  र सानु भण्डारीलाई कालिमाटी प्रहरी बृत्तमा राखिएको छ।

त्यसैगरी टंक गुरुङ र सागर राईलाई जनसेवा बृत्तमा राखिएको छ। 

उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डेलाई सिंहदरबार बृत्तमा रखिएको छ। 

उता पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र सन्देश शर्मा काठमाडौं परिसरकै हिरासतमा छन्। अब त्यहाँ सन्दीप रायमाझी पनि थपिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .