ad ad

समाज


बजेट र नीति तथा कार्यक्रमबारे पदाधिकारीसँग छलफलमा प्रचण्ड

बजेट र नीति तथा कार्यक्रमबारे पदाधिकारीसँग छलफलमा प्रचण्ड

नेपालखबर
बैशाख २१, २०८० बिहिबार १८:१०, काठमाडौँ

बजेट र सरकारको नीति तथा कार्यक्रम बनाउने विषयमा नेकपा माओवादी केन्द्रको पदाधिकारीहरूसँग अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महरा लगायतका नेताहरू सहभागी छन्।

सरकार, बजेट निर्माण र आगामी वर्षको नीति तथा कार्यक्रमबारे सुझाव दिन बैठक बसेको प्रवक्ता महराले जानकारी दिए।

बुधबार बसेको गठबन्धन बैठकले नीति तथा कार्यक्रमबारे आफ्नो दलमा छलफल गरेर सरकारलाई सुझाव दिने समझदारी बनाएको थियो। 

गठबन्धनको बैठक शुक्रबार पनि बस्दैछ। 

त्यसबाहेक राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउने विषयमा पनि छलफल हुने सम्भावना छ।

रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल गर्ने जिम्मा प्रचण्डलाई गठबन्धनले दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .