समाज


काभ्रेमा बाटो बनाउँदै गरेको एक्स्काभेटर नदीमा खस्यो, दुई बालकको मृत्यु

काभ्रेमा बाटो बनाउँदै गरेको एक्स्काभेटर नदीमा खस्यो, दुई बालकको मृत्यु

नेपालखबर
पुस २४, २०७६ बिहिबार ८:१८,

 काभ्रेको पनौतीमा सडक बनाउन गएको स्काभेटर नदीमा खस्दा दुई बालकको मृत्यु भएको छ।

पाटीखर्कबाट ख्याकु जाने बाटो निर्माण गर्ने क्रममा नम्बर नखुलेको स्काभेटर पनौती ११ थुम्कीमा सडकबाट ३०० मिटर तल सलान्दु खोलामा खसेको प्रहरीले जनाएको छ। सो दुर्घटनामा २ बालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा पनौती नगरपालिका ११ का १४ वर्षीय राउत केसी र सिन्धुपाल्चोक घर भइ हाल पनौती ११ मा दिदीकाे घरमा  बस्दै आएका अर्का बालक १५ वर्षीय रोशन भण्डारी रहेकाे प्रहरीले जनाएकाे छ।

दुर्घटनामा स्काभेटर चालक पनौती ७ का जीवन ताम्राकार गम्भीर घाइते भएका छन्। उनको मुख र हातमा चोट लागेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि धुलिखेल लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad