कोशी


कोशी प्रदेश : एमाले संसदीय दलको उपनेतामा रामबहादुर राना

कोशी प्रदेश : एमाले संसदीय दलको उपनेतामा रामबहादुर राना

नेपालखबर
बैशाख २०, २०८० बुधबार १४:५५, विराटनगर

नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा रामबहादुर राना मगर मनोनीत भएका छन्। नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनलाई उपनेतामा मनोनीत गरेका हुन्।

यस्तै, सचेतकमा सिर्जना राई मनोनीत भएकी छिन्। उनीहरू दुवै जनालाई मुख्यमन्त्री कार्कीले बुधवार मनोनीत गरेका हुन्।

राना मगर इलाम क्षेत्र नम्बर २ (२) बाट निर्वाचित भएका थिए। राई समानुपातिकबाट सांसद बनेकी हुन्। गत फागुन १७ गते प्रदेशको नामकरण हुँदा राना मगर कोशी प्रदेशको प्रस्तावक थिए। त्यसपछि भएको पहिचानवादीहरूको आन्दोलनका कारण उनी आफ्नो निर्वाचन क्षेत्रमा जान सकेका छैनन्।

नेकपा एमाले केन्द्रीय सदस्यसमेत रहेका रानाले प्रदेश नामकरणको विषयमा मुख्यमन्त्री नै दोषी भएको अभिव्यक्ति दिन थालेपछि मुख्यमन्त्री कार्कीले उनलाई उपनेताको जिम्मेवारी दिएका हुन्।
प्रमुख सचेतकमा भने रेवतीरमण भण्डारी यसअघि नै नियुक्त भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .