राजनीति


बजेट अघि नै कोशी प्रदेशको नेतृत्व परिवर्तन हुन्छ : ज्ञानेन्द्रबहादुर कार्की

बजेट अघि नै कोशी प्रदेशको नेतृत्व परिवर्तन हुन्छ : ज्ञानेन्द्रबहादुर कार्की

नेपालखबर
बैशाख १८, २०८० सोमबार १८:४५, काठमाडौँ

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग सत्ता सहकार्यको कुनैपनि सम्भावना नरहेको बताएका छन्। 

सडक शिलान्यासका लागि इनरुवा पुगेका कार्कीले कांग्रेस र एमाले मिल्ने आकलनसहितका टिका टिप्पणी सुनिने गरेको भएपनि त्यसमा सत्यता भने नरहेको बताएका हुन्। 

उनले नेकपा एमाले अबको ५ वर्ष प्रमुख प्रतिपक्षमा रहने बताए। उनले प्रदेश र केन्द्रमा गठबन्धनकै सरकार निर्माण हुने बताए। 

उनले केन्द्रमा नेतृत्व परिवर्तन भएझैँ प्रदेशमा पनि नेतृत्व परिवर्तन हुने बताए।

‘एमाले प्रमुख प्रतिपक्षमा ५ वर्ष रहने छ। एमाले र नेपाली कांग्रेस मिलेर सरकार बन्दैन भन्ने कुरा यहीँबाट उद्घोष गर्न चाहन्छु,’ उनले भने, ‘यो सरकार यही गठबन्धन ५ वर्ष रहने छ। केन्द्रमा पनि रहने छ र प्रदेशमा समेत रहने छ। जसरी केन्द्रमा नेतृत्व परिवर्तन भयो त्यस्तै गरेर प्रदेश सरकारको नेतृत्व परिवर्तन हुनेछ।’

कार्कीले असारको बजेट अगावै कोशी प्रदेशमा समेत सरकारको नेतृत्व
परिवर्तन हुने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad