ad ad

समाज


महावीर पुनको आन्दोलनप्रति प्रधानमन्त्री सकारात्मक

महावीर पुनको आन्दोलनप्रति प्रधानमन्त्री सकारात्मक

नेपालखबर
बैशाख १७, २०८० आइतबार ८:१८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको आन्दोलनप्रति सकारात्मक देखिएका छन्। 

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकारलाई झकझक्याउन पुन गत शुक्रबारदेखि काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत छन्। 

आन्दोलन सुरु गर्नुअघि उनले प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्ना माग प्रस्तुत गरेका थिए। 

त्यस क्रममा प्रधानमन्त्रीले आफू पनि वैज्ञानिक आविष्कार र नव प्रवर्तनलाई विकास र समृद्धिका पक्षमा उपयोग गर्नुपर्ने पक्षमा रहेको बताएका थिए। 

शुक्रबार साँझ आन्दोलनस्थलमै पुगेर प्रधानमन्त्री प्रचण्डका आईटी विज्ञ प्रकाश रायमाझीले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘तपाईंहरूको आन्दोलनले मलाई पनि निर्णय गर्न सहज हुन्छ।’

आईटी विज्ञ रायमाझीले प्लेटफर्म वा भूमिका फरक भए पनि चिन्ता, चासो र विचारका दृष्टिले प्रधानमन्त्री प्रचण्ड र महावीर पुन एउटै धारमा रहेको धारणा राखे।  उनले भने, ‘हाम्रो पुरातन सिस्टमसँग दुवै लड्दै हुनुहुन्छ। आशा राखौँ, हामी यथास्थितिसँग लडेर गतिशील वैज्ञानिक युगमा प्रवेश गर्न सक्षम हुनेछौँ।’

महावीरहरूको आन्दोलन सरकारको नेतृत्वविविरुद्ध नभई यथास्थितिवादी राजनीतिक प्रणाली र कार्याशैलीविरुद्ध रहेको उनले बताए। 

उनले भने, ‘यसको निकास अग्रगामी नै हुनेछ। हामी सँगै छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .