ad ad

राजनीति


आज राति ८ बजे स्वदेश फर्किँदै राष्ट्रपति पौडेल

आज राति ८ बजे स्वदेश फर्किँदै राष्ट्रपति पौडेल

फाइल तस्बिर।


नेपालखबर
बैशाख १७, २०८० आइतबार ८:१९, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार भएपछि आज स्वदेश फर्किँदै छन्।

आइतबार राति ८ बजेको जहाजमार्फत राष्ट्रपति पौडेल स्वदेश फर्किन लागेको उनको सचिवालयले जनाएको छ।

उनलाई आज दिउँसो १२ बजे अस्पतालले डिस्चार्ज गर्दैछ।

छातीको इन्फेक्सनका कारण शिक्षण अस्पतालमा भर्ना भई लगातार एन्टिबायोटिक चलाउँदा पनि प्रभावकारी नभएपछि चिकित्सकहरूको सुझावअनुसार उनलाई गत वैशाख ६ गते थप उपचारका लागि भारत लगिएको थियो।

भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेन्स (एम्स) मा १२ दिनको उपचारपछि उनलाई स्वदेश ल्याउन लागिएको हो। पौडेलको स्वास्थ्यमा राम्रो सुधार भएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .