ad ad

समाज


चीनले निर्माण गरेको निजामती कर्मचारी अस्पतालको नयाँ भवन हस्तान्तरण

चीनले निर्माण गरेको निजामती कर्मचारी अस्पतालको नयाँ भवन हस्तान्तरण

नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १४:०, काठमाडौँ

चीन सरकारले निर्माण गरेको निजामती कर्मचारी अस्पतालको नयाँ भवन आज हस्तान्तरण गरिएको छ। 

चीन सरकारले निर्माण गरेको नयाँ सर्जिकल भवन र पुरानो भवनको पुन निर्माण सहित एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन सरकारले नेपाललाई  स्वास्थ्य क्षेत्रमा धेरै सहयोग गरेको भन्दै धन्यावाद दिएका छन्। 

प्रधानमन्त्री प्रचण्डले यस अस्पताल र स्तरोन्नति र पुनःनिर्माणको यो विशेष परियोजनामा सहयोग गरेकोमा जनवादी गणतन्त्र चीन सरकारलाई धन्यवाद दिएका छन्। 

चीन र नेपालको मित्रताले जनताको हितमा सहयोग गरेको समेत उनले बताए। चीन र नेपालको मित्रतालाई थप मजबुत बनाउनुपर्नेमा उनले जोड दिए।

प्रधानमन्त्रीले भने ‘हामीलाई प्राप्त सहयोग विकास पूर्वाधार निर्माण गर्न सम्पर्क सञ्जालको विस्तार तथा नेपाली नागरिकलाई सहज स्वास्थ्य सुविधा प्रदान गर्न एवं मानव संसाधनको विकास र जीविकोपार्जनलाई थप सहज बनाउन धेरै सहयोगी रहँदै आएको छ।’

कोरोनाकालमा कोभिड खोप, अत्यावश्यक चिकित्सा उपकरण र अन्य अत्यावश्यक चिकित्सा सामग्रीमा चीनले गरेको उदार सहयोगप्रति कृतज्ञ व्यक्त गरे। 

कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले निजामती कर्मचारी अस्पतालको जस्तो सेवा सातवटै प्रदेशबाट दिनु पर्ने बताए।

‘चीन सरकारले सबै प्रदेशमा निजामती अस्पताल जस्तै नमुना अस्पताल बनाउन सहयोग गर्ने अपेक्षा राखेको छु’ उनले भने। 

सिभिल अस्पतालका निर्देशक विधाननिधि पौडेलले अस्पतालले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको बताए।

चीन सरकारको सहयोगमा नयाँ भवन निर्माण भएपछि हाल अस्पतालमा अब ३ सय बेडको भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .