ad ad

समाज


पश्चिम पहाडमा वर्षा हुने सम्भावना

पश्चिम पहाडमा वर्षा हुने सम्भावना

फाइल तस्बिर


नेपालखबर
बैशाख १५, २०८० शुक्रबार ८:२, काठमाडौँ

आज खासगरी पश्चिम पहाडमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली (आकाशमा बादल) रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

यस क्रममा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थान तथा देशका बाँकी प्रदेशका पहाडी क्षेत्रकै एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको  सम्भावना छ।

महाशाखाको बुलेटिनअनुसार आज देशभरकै पहाडी क्षेत्रका जुनसुकै स्थानमा वर्षा हुने सम्भावना रहे पनि खासगरी सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा पानी पर्ने सम्भावना अलि बढी छ। मौसमविद्का अनुसार एक–दुई स्थानमा वर्षाको सम्भावना भनेको तुलनात्मक रूपमा पानी पर्ने सम्भावना कम हुनु हो। 

यसैबीच आज काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना कमै देखिएको महाशाखाकी मौसमविद् गंगा नगरकोटीले बताइन्। ‘भयो भने पनि बेलुकीपख हल्का/क्षणिक वर्षा हुनसक्छ’, उनले भनिन्।  

महाशाखाको बुलेटिनअनुसार आज राति देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। गण्डकी र कोशी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको  सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .