ad ad

राजनीति


लुम्बिनी र गण्डकीका नवनियुक्त मुख्यमन्त्रीको शपथ आज

लुम्बिनी र गण्डकीका नवनियुक्त मुख्यमन्त्रीको शपथ आज

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चाैधरी र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे। (फाइल तस्बिर)


नेपालखबर
बैशाख १५, २०८० शुक्रबार ८:२८, काठमाडौँ

लुम्बिनी र गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज (शुक्रबार) शपथ खाँदै छन्। 

बिहीबार लुम्बिनीमा नियुक्त मुख्यमन्त्री डिल्ली चौधरी र गण्डकीमा नियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनीयताको शपथ खाने भएका हुन्। 

सत्तारुढ दल नेपाली कांग्रेसले बिहीबार (१४ वैशाख) एकैदिन दुईवटा प्रदेशमा आफ्नो नेतृत्वमा सरकार गठन गरेको हो। लगभग साढे ३ महिना एमाले नेतृत्वमा रहेकाको प्रदेश सरकार ढाल्दै कांग्रेसले गण्डकी र लुम्बिनीमा मुख्यमन्त्री पद आफ्नो पोल्टामा पारेको हो। 

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज बिहान साढे ११ बजे र गण्डकीका मुख्यमन्त्री भण्डारीले दिउँसो साढे १२ बजे शपथ खाने कार्यक्रम छ। 
लुम्बिनीमा कांग्रेस संसदीय दलका नेता चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम बिहीबार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

यसअघिका मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि गत मंगलबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ दुई वा दुईभन्दा बढी दलको समर्थनमा बिहीबार अपराह्न ४ बजेभित्र सरकारमा दाबी गर्न आह्वान गरेका थिए। 

जसअनुसार चौधरीले बिहीबार ८ दलको समर्थनमा ५३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेस गरेका थिए। 

उनलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पाटी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र २ स्वतन्त्र सांसदले समर्थन गरेका छन्।

यस्तै गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। 

पाण्डेले बिहीबार नै प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री पदको दाबी पेस गरेका थिए। 

संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि प्रदेशप्रमुखबाट भएको आह्वानअनुसार पाण्डेले दाबी पेस गरेका थिए। 
उनलाई कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्‍यले समर्थन गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .