स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पूर्ण अस्पताललाई उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि १० प्रतिशत शय्या अनिवार्य रुपमा छुट्याउन निर्देशन दिएको छ।
बुधबार मन्त्रालयले एक परिपत्र जारी गर्दै मन्त्रालयको निकायले गरेको अनुगमनमा विभिन्न कुराहरुको पालना नभएको देखिएकाले ती कुरामा ध्यानाकर्षण गराएको छ।
मन्त्रालयले अस्पतालहरुलाई पार्किङ शुक नउठाउन पनि निर्देशन दिएको छ।
बिरामीले स्वास्थ्य संस्थाबाट सेवा प्राप्त गर्दा लाग्ने शुल्क, प्रक्रिया तथा अवधिसमेत खुलाएको बडापत्र अस्पतालको अग्रभागमा देखिने गरी राख्नुपर्ने कुरा पनि जनाएको छ।

39
Shares

प्रतिक्रिया