ad ad

राजनीति


इरानी सेनाले भन्योः अमेरिकी बेस क्याम्पमाथिको आक्रमण ट्रेलर मात्र हो

इरानी सेनाले भन्योः अमेरिकी बेस क्याम्पमाथिको आक्रमण ट्रेलर मात्र हो

नेपालखबर
पुस २३, २०७६ बुधबार ८:२४,

इरानी सरकारी समाचार संस्था आइआरएनका अनुसार इरानी सेनाका मेजर जनरल मोहम्मद बाकरीले अमेरिकी बेस क्याम्पमा गरिएको आक्रमण ‘सैन्य क्षमताको सानो हिस्सा’ मात्र भएको बताएका हुन्।

इस्लामिक रिभोलुस्नरी गार्ड्स कोर आइआरजीसीले अमेरिकी बेस क्याम्पमा बुधबार बिहानै क्षेप्यास्त्र आक्रमण गरेको थियो।

बाकरीले अमेरिकाले पश्चिम एसियाली क्षेत्र छाड्ने विकल्पलाई रोज्नुपर्ने सुझाव दिएका छन्।

गतहप्ताको बिहीबार राति अमेरिकाले इरानका उच्च सैन्य कमान्डर कासिम सुलेमानीलाई ड्रोन आक्रमण गरि हत्या गरेका थिए।

इरानले अमेरिकासँग बदला लिने बताउँदै मंगलबार अमेरिकी सेनलाई आतंकवादी घोषणा गरेको थियो।

बुधबार बिहानै अमेरिकाले इराकस्थित अमेरिकी दुई सैन्य क्याम्पमा दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो।

इरानले ८० अमेरिकी सेनाको मृत्यु भएको दाबी गरेको छ। यद्यपी अमेरिकाले यस विषयलाई पुष्टि गरेको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आक्रमणको विषयमा बुधबार बिहानै धारणा सार्वजनिक गर्ने बताएका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .