मोरङको एक विद्यालयमा आफ्नै साथीलाई कुटपिट गर्दै भिडिओ बनाउने १३ जना बालिका पक्राउ परेका छन्।
मिक्लाजुङ गाउँपालिका– ३ स्थित कालिका माध्यमिक विद्यालयका बालिकाहरु ज्यान मार्ने कसुरमा पक्राउ परका हुन्।
उनीहरुले सँगै पढ्ने १४ वर्षकी अर्की बालिकालाई स्कुलमा भएकै समयमा संगठित रूपमा कुटपिट गरी भिडियो बनाएर समाजिक सञ्जालमा सम्प्रेषण गरेका थिए।
ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट गएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न ती बालिकाहरूलाई पक्राउ गरेको हो।
उनीहरुलाई मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा पँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घाइते बालिकाको हाल विर्तामोडस्थित बि एण्ड सि अस्पतालमा उपचार भइरहेको छ।
246
Shares

प्रतिक्रिया