ad ad

समाज


आज उपचुनाव भइरहेका क्षेत्रमा मौसम कस्तो रहला?

आज उपचुनाव भइरहेका क्षेत्रमा मौसम कस्तो रहला?

फाइल तस्बिर


नेपालखबर
बैशाख १०, २०८० आइतबार ७:२७, काठमाडौँ

आज प्रतिनिधिसभा सदस्य चुन्न देशका तीनवटा निर्वाचन क्षेत्रमा उपचुनाव भइरहेको छ। 

आज बिहान ७ बजेदेखि बारा २, चितवन २ र तनहुँ १ मा मतदान भइरहेको हो। 

ती क्षेत्रमा आज मौसम कस्तो रहला?
मौसमविद्का अनुसार एक/दुई दिनयता मौसम बदली र वर्षा भइरहेकाले लगभग देशभर नै तापक्रम केही घटेको छ अर्थात् गर्मी कम भएको छ। 

मौसम महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार आज बारामा मध्याह्नपछि हावाहुरी आउने तथा एक दुई ठाउँमा क्षणिक वर्षा पनि हुने सम्भावना देखिएको छ। 

यस्तै चितवनमा पनि पनि मौसम बदली र छिटपुट वर्षाको सम्भावना छ। मौसम बदली भएका बेला घाम नलाग्ने भएकाले गर्मी केही कम हुन सक्छ। 

यस्तै आज तनहुँमा वर्षाको सम्भावना नरहे पनि हावाहुरीको सम्भावना देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .