ad ad

समाज


लमजुङका स्थानीय तहसँग छैन दमकल

लमजुङका स्थानीय तहसँग छैन दमकल

नेपालखबर
बैशाख ६, २०८० बुधबार १४:११, काठमाडौँ

लमजुङ जिल्लाका अघिकांश स्थानीय तहसँग आगलागी नियन्त्रण गर्न दमकल रहेका छैनन्। जिल्लामा चार नगरपालिका र चार गाउँपालिका छन्।  
    
आगलागी भइहाले पनि बेँसीसहर नगरपालिकाकै दमकल पुग्नुपर्ने बाध्यता  छ। टाढाटाढा आगलागी हुँदा जान समय लाग्ने गरेकाले पनि समस्या हुने गरेको छ।

बेँसीसहर नगरप्रमुख गुमानसिंह अर्यालले भने, ‘ठूलो आगलागी भएको बेला अन्य स्थानीय तहले हाम्रै नगरकै दमकल प्रयोग गर्ने गरेको छ। प्रायः स्थानीय तहको अधिकांश बस्ती तथा भागमा सडक पुगे पनि भौगोलिक संरचनाका कारण जिल्लाका सबै ठाउँमा आगलागी हुँदा दमकल पुग्न सम्भव छैन।’

क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले पालिकाभित्र दमकल आवश्यक रहे पनि बजेट अभावले खरिद गर्न नसकेको बताए। 

‘दमकल मात्र खरिद गरेर पनि हुँदैन आवश्यक दक्ष जनशक्तिदेखि प्राविधिक कुराहरु पनि आवश्यक हुन्छ’, उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .