त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दशौँ कलोजो प्रत्यारोपण सफल भएको छ।
३१ वर्षीय पुरुष कलेजो सिरोसिस र क्यान्सर देखिएपछि त्रिविमा भर्ना भएका थिए। मंगलबार ती पुरुषको कलेजो सर्जन डा. रमेहसिंह भण्डारीको नेतृत्वको चिकित्सकको टोलीले कलेजो प्रत्यारोपण गरेको हो।
बुटवलका ३१ वर्षीय पुरुषलाई उनकी ३० वर्षीय श्रीमतीले कलेजो दान गरेकी हुन्।
त्रिवि शिक्षण अस्पतालमा १८ जेठ २०७६ मा पहिलो पटक कलोजो प्रत्यारोपण सुरु गरिएको थियो। त्यसयता कोरोना भाइरसका कारण झन्डै दुई वर्ष सेवा प्रभावित बनेको थियो। त्यसपछि साढे दुई महिनाअघि त्रिवि शिक्षण अस्पतालले कलेजो प्रत्यारोपण गरेको थियो।
त्रिविमा कलेजो प्रत्यारोपणको सुविधा भए पनि धेरै बिरामी भने नआएको डा. भण्डारीले बताएका छन्। ‘त्रिवि अस्पतालमा कलेजो प्रत्यारोपण गर्ने सम्पूर्ण सुविधा हुँदाहुँदै पनि सोचेजस्तो सेवा लिन बिरामी आएका छैनन्,’ उनले भने।
Shares
प्रतिक्रिया