ad ad

राजनीति


राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा ८ सदस्यीय प्रतिनिधिमण्डल रुस प्रस्थान

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा ८ सदस्यीय प्रतिनिधिमण्डल रुस प्रस्थान

नेपालखबर
बैशाख ६, २०८० बुधबार १२:३०, काठमाडौँ

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय प्रतिनिधिमण्डल रुस प्रस्थान गरेको छ।

बुधवार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल पार्वती लगायतको ८ सदस्यीय टिम रुस प्रस्थान गरेको हो।

प्रस्थान गर्नुअघि सञ्चारकर्मीहरुसँगको कुराकानीमा अध्यक्ष तिमिल्सिनाले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका संसदबीच सम्झौता हुने बताए। उनले दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी गराउने, भ्रमणको आदान प्रदान गर्ने, संसदलाई प्रभावकारी बनाउन एक अर्काबीच सिक्ने कुराहरु उल्लेख हुने बताए। उनले भ्रमणमा ९ जना उच्चस्तरीय व्यक्तित्वहरुसँग भेट गर्ने कार्यसूची रहेको बताए। 

No description available.

उनले भने, ‘उच्चस्तरीय भेटघाट हुनेछन्। दुई देशका संसदहरुको बीचमा एमओयु पनि हामी गर्नेछौँ। दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी गराउने, भ्रमणको आदान प्रदान गर्ने, संसदलाई प्रभावकारी बनाउन एक अर्काबीच सिक्ने कुराहरु उल्लेख हुनेछ। दुवै सदनका प्रमुख र त्यहाँका सरकारी उच्च अधिकारीसँग र व्यवसायिक व्यक्तित्वहरुसँग र प्रदेश प्रमुखसहित करिव ९ जना विशिष्ट व्यक्तित्वसँग हाम्रो भेट हुनेछ।’

भ्रमण टोलीमा रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दुई देशका संसदबीचको सम्बन्ध सुदृढ गर्ने सन्दर्भमा भ्रमण हुन लागेको बताए। उनले रुसले राष्ट्रिय सभाको प्रतिनिधित्व हुनेगरी उच्चस्तरको भ्रमण पहिलो पटक बोलाएको बताए।

उनले आफूहरु नेपाली जनताको सद्भाव बोकेर रुस प्रस्थान गर्न लागेको भन्दै नेपाली जनता, नेपाल सरकार, राष्ट्रिय सभा संघीय संसदको सद्भावसमेत रुसमा व्यक्त गर्ने बताए। भ्रमण पूर्णरुपमा सफल हुने उनको विश्वास छ। 

No description available.

राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा रुस प्रस्थान गरेको ८ सदस्यीय भ्रमणकारी टोली वैशाख १२ गते दिउँसो स्वदेश फर्किने कार्यतालिका रहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .