ad ad

प्रविधि


जीवनको सम्भावना भएको पृथ्वी जत्रै ग्रह भेटियो

जीवनको सम्भावना भएको पृथ्वी जत्रै ग्रह भेटियो

नेपालखबर
पुस २२, २०७६ मंगलबार ९:१,

ट्रान्जिटिङ एक्जोप्लानेट सर्भे सेटेलाइट अभियान ‘टेस मिसन’ले पृथ्वी जतै ग्रह पत्ता लगाएको छ।

उक्त ग्रहमा जीवनको सम्भावना रहेको वैज्ञानिकहरुले बताएका छन्।

नासाका अनुसार उक्त ग्रह एक सय लाइटवर्ष टाढा छ। अमेरिकन एस्ट्रोनोमिकल सोसाइटीको २ सय ३५ औं वैठकमा नासाले सोमबार टेस मिसनको पहिलो खोज सार्वजनिक गरेको हो।

उक्त ग्रहको नाम टीओआइ ७०० नाम दिएको छ। यस ग्रहसहित ३ ग्रहले एक तारालई परिक्रममा गर्ने गरेको जनाइएको छ।

Related image

नासाको स्पिटाइजर स्पेस टेलिस्कोपको मद्दतमा हालको ग्रह पत्ता लागेको हो। यस खोजले पृथ्वीभन्दा बाहिर पनि जीवनको सम्भावना छ या छैन भन्नेबारे अनुसन्धानमा ठूलो सहयोग पुग्ने बताइएको छ।

टेस मिसनभन्दा अघि पनि सौयमण्डलभन्दा बाहिरको ग्रहमा जीवनको सम्भावनाबारे नासाले महत्वपूर्ण अनुसन्धान गरिरहेको छ। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .