ad ad

समाज


डीआईजी बढुवा सिफारिसविरुद्ध उजुरी, एसएसपीबाटै अवकाश जान सक्छन् खनाल

डीआईजी बढुवा सिफारिसविरुद्ध उजुरी, एसएसपीबाटै अवकाश जान सक्छन् खनाल

फाइल तस्बिर


नेपालखबर
बैशाख ५, २०८० मंगलबार १६:२५, काठमाडौँ

नेपाल प्रहरी नायव महानिरीक्षक (डीआईजी) को रिक्त संख्या १३ मा बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ। 

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) द्वय चक्रबहादुर सिंह र अनुराग द्विवेदीले बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी हालेका हुन्। 

आफूभन्दा पछिल्लो ब्याचका एसएसपी विकासराज खनाललाई समेत डीआईजी बढुवा सिफारिस गरिएपछि उनीहरु प्रहरी प्रधान कार्यालयको निर्णयविरुद्ध लोकसेवामा गएका हुन्।

यो उजुरीसँगै यदि सरकारले बुधबारसम्म यो सिफारिसमा बढुवा निर्णय नगरेमा खनाल ५५ वर्षे उमेर हदका कारण एसएसपीबाटै बुधबारदेखि अवकाशमा जाने सम्भावना बढेको छ।

यो उजुरीबारे लोकसेवा आयोगले बुधबार नै नटुंगाए एसएसपीको ५५ वर्षे उमेर हदका कारण खनाल अवकाशमा जानेछन्। 

अर्कातिर सरकारले भोलिसम्ममा बढुवाको निर्णय गरेमा उनी बढुवा भएर जागिर अवधि पनि लम्बिनेछ। त्यसो हुनसकेमा उनी डीआईजीका रुपमा कार्यरत रहन पाउने छन्। 

सरकारले यसअघि गत चैत १९ गते २०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका र त्यही विज्ञापनका वैकल्पिकहरुलाई डीआईजी बढुवामा सिफारिस गरेको थियो। 

अर्कातिर बढुवा समितिले २०७७ वैशाखमा एसएसपी भएका १० जना डीआईजीका लागि सिफारिस हुँदा पछिल्लो ब्याचबाट ३ जना परेका थिए। 

त्यसपछि २०७७ पुसमा ११ एसपीबाट एसएसपीमा बढुवा भएका थिए। उनीहरुमध्येबाट अर्जुन चन्द ठकुरी र सुरेन्द्रप्रसाद मैनाली डीआईजी बढुवाका लागि सिफारिस भएका थिए। 

उजुरी हाल्ने एसएसपी सिंह ठकुरी र मैनालीसँगै एसएसपीमा बढुवा भएका हुन्। 

द्विवेदी भने खनालकै ब्याची हुन्। उनी खनालसँगै २०७८ कात्तिकमा एसएसपी भएका थिए। त्यसबेला खनाल १ नम्बरमा र द्विवेदी २ नम्बरमा रहँदै एसएसपी बनेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .