काठमाडौं महानगरपालिका १५ चौमतीस्थित सडकबाट प्रदेश नम्बर ३–०२–००२ प ३९५ नम्बरको मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन्।
काभ्रे तिमाल गाउँपालिका घर भएका २० वर्षीय युवराज तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।
महानगरीय अपराध महाशाखा टेकु र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको संयुक्त प्रहरी टोलीले तामाङले मोटरसाइकल चोरी गरी डोर्याएर ल्याई रहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया