इरानको सरकारले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ।
हालै इरानको उच्च सैन्य कमान्डर कासिम सुलेमानीलाई अमेरिकाले ड्रोन आक्रमण गरी हत्या गरेको थियो।
हाल कासिम सुलेमानीको मृत्युलाई लिएर अमेरिका र इरानबीच निकै तनाव बढेको छ। इरानले अमेरिकासँग बदला लिने घोषणा गरिसकेको छ।
यसबीचमा इरानले अमेरिकी सेनालाई आतंकवादी घोषणा गरेको हो। इरानले आफ्ना मस्जिदमा रातो झन्डा फहराएर अमेरिकासँग युद्धको घोषणा गरिसकेको पनि अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।
— AFP news agency (@AFP) January 7, 2020#BREAKING Iran designates all US forces 'terrorists' for killing general pic.twitter.com/Y8mDEVRM1z

प्रतिक्रिया